काठमाडौं । आज सफला एकादशी । हरेक वर्षको पुस कृष्णपक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । यो एकादशीमा व्रत गरे ठूला–ठूला महायज्ञ गरेभन्दा बढी फल पाइने धार्मिक विश्वास रहेको छ । आजको दिन भगवान विष्णुको विधिपूर्वक पूजा आराधना गरिन्छ ।एकादशीका दिन बिहानै उठेर नुहाइधुवाई गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान विष्णुलाई कमल अथवा बैजयन्ती…