राँझा (बाँके) । यही वैशाख २० र २१ गते नेपालगञ्जमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन हुने भएको छ। महाधिवेशनमा बाँकेका मौलाना मुस्लिम खान बरकातीले मुफ्ती, हाफिज, कारी, आलिम अध्ययन गरेकाहरूलाई समानान्तर तहअनुसार मान्यता दिनुपर्ने विषय महाधिवेशनमा उठान गर्न सुझाव दिएका छन्। “भारतमा अध्ययन गरेपछि त्यहाँको सरकारले मान्यता दिएर माथिल्लो तह अध्ययन गर्न पाउने व्यवस्था…