काठमाडौं । भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ पुष १७ गतेदेखि जारी छ। पठन संस्कृतिको विकास र प्रवद्र्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको उद्देश्यका साथ नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त पहलमा प्रदर्शनीको आयोजना गरिएको हो। पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, भारत लगायतका १५ वटा देशको सहभागिता…