सिमकोट (हुम्ला) । हुम्लाको सर्केगाड गाउँपालिका–८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । सर्केगाड–मारघोर सडकको ‘ट्र्याक’ खोल्न आउँदा सोमबार स्काभेटर पल्टिएर बुढा घाइते भएका थिए । दुर्घटनापछि बाजुराको कोल्टी अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको उनका आफन्त रेशमराज रोकायाले बताए । सर्केगाड–मारघोर खण्डको ट्र्याक खोल्ने जिम्मा श्रेया कन्स्ट्रक्सनले…