काठमाडौँ । दाङमा यात्रु चढेको जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आइतबार साँझ तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप शान्तिनगर १ हाँडिचारमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् । दुर्घटनामा सल्यान त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी,…