विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले शनिबारबाट जिम्बाब्वेको ए टोलीसँग तीन एक दिवसीय र तीन ट्वान्टी–२० शृंखला खेल्दैछ। कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने शृंखलामा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बताएका छन् । बिहीबार खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान लामिछानेले घरेलु मैदानमा हुने शृंखलामा सुखद नतिजाका…