अजरबैजानका खेलाडी नुर्लान जाहिद नोभ्रुजोभको निर्णायक गोलसँगै सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि दुई खेलअघि नै लगातार दोस्रो पटक जित्न सफल भयो । सातदोबाटोविरुद्धको प्राप्त जितसँगै उसले अंक तालिकामा ११ खेलबाट २९ अंक बनायो । एक खेल कम खेलेको मनाङ मर्स्याङ्दी क्लबको २० अंक छ…