आईसीसी पुरुष टी-२० विश्वकप छनोट ‘ए’ को सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ। दुई समूहका टोलीबीच दुई दुई खेल हुँदा प्रतियोगिताको सेमिफाइनल समीकरण थप रोमाञ्चक भएको हो। ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन्। त्यसअघि सहभागी टोली शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्न संघर्ष गरिरहेका छन्। समूहको अन्तिम खेलमा…