ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई रोमाञ्चक खेलमा ३-२ ले निराश पारेको छ। शीर्ष स्थानको सिटी निराश हुँदा लिभरपुलले भने नर्विच सिटीलाई ३-१ अन्तरले हराउँदै पेप ग्वार्डिओलाको टोलीसँगको दूरी सात अंकमा झारेको हो। सिटीभन्दा लिभरपुलले एक खेल कम खेलेको छ। चौंथो मिनेटमा डेजान कुलुभ्सिकीको गोलमा टोटनहमले अग्रता लिएको…