वैकल्पिक खेलाडी राजीव गुरुङको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लब ए डिभिजन लिग प्रतिस्पर्धी थ्री स्टारलाई १-० अन्तरमा पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। बिहीबार पोखरा रंगशालामा भएको खेलकाे ७०औं मिनेटमा राजीवले गरेको एक मात्र गोल निर्णायक बन्यो। राजीवले काउन्टर अट्याकमा सहज गोल गरे। आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। आर्मीले…