स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन्। नाडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन्। छैठौं वरीयताका नाडालले मेदवेदेवमाथि २-६ ६-७ (५-७) ६-४ ७-५ को जीत दर्ता गरे। यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिका लागि उत्रिएका थिए। तर दुई सेट…