कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र इक्वेडरले अंक बाँडेका छन्। शुक्रबार बिहानकाे खेलमा दुबै टिमले १-१ गोल गरेका हुन्। यसअघि विश्वकपको लागि छनोट भइसकेको ब्राजिल र घरेलु टोली इक्वेडर खेलमा १० खेलाडीमा सीमित भए। कासेमेरोको गोलमा ब्राजिलले आठौं मिनेटमा अग्रता बनाएको थियो। फेलिक्स टोरेसले ७५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। बराबरीसँगै…