इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले संघर्षपूर्ण जित निकालेको छ। आइतबार राति भएको खेलमा युनाईटेडले क्रिस्टल प्यालेसलाई १-० कठीन जित निकालेको हो। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जिताउन फ्रेडले अन्तिम समयमा निर्णायक गोल गरे। ब्राजिलियन सेन्ट्रल मिडफिल्डर फ्रेडले खेलको ७७औं मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि पर्याप्त रह्याे। युनाइटेडले गोलको लागि निकै संघर्ष गर्नुपरेको…