एएफसी महिला एसियन कप- २०२२ छनोटको पहिलो खेल सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित भएको छ। उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको सुरुवातमा गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो। नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएको थियो। नेपालका लागि विमला चौधरीले गोल गरिन्। उनको यो राष्ट्रिय टोलीबाट पहिलो गोल…