फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सानदार जीत दर्ता गरेको छ । इंग्ल्यान्डले घरेलु टोली हंगेरीमाथि ४–० को फराकिलो जित हात पारेको हो । पुस्कास एरिना बुढापेस्टमा बिहीबार राति भएको खेलको ५५औं मिनेटमा रहिम स्टर्लिङको गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो । ६३औं मिनेटमा कप्तान ह्यारी केनले स्टर्लिङको पासमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे…