घरेलु मैदान लर्डसमा भएको फाइनलमा भारतलाई ९ रनले हराउँदै इङल्यान्डले आईसीसी महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ। २ सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रनमात्रै बनाएपछि इङ्ल्याण्ड ९ रनले विजयी हुँदै उपाधि जितेको हो ।भारतका लागि पुनम राउतले ८६, हरमनप्रित कौरले ५१ तथा वेदा कृष्णमुर्तीले…