काठमाडौं । भारतमा जारी १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् । यस सिजन दुवै टोलीको पहिलो खेल हो । राति ७ः४५ बजेदेखि एसिए भिडिसिए क्रिकेट रंगशाला विशाखापट्नममा सुरु हुने खेलमा दिल्ली नयाँ कप्तानका साथ सिजनको सानदार सुरुवात गर्न चाहन्छ । यो सिजन अक्षर पटेल दिल्लीको कप्तान छन्…