काठमाडौं । नेपाल एक खेलअगावै ‘हङ्कङ सिक्सेस’को क्वाटरफाइनलमा प्रवेश गरेको छ । पूल बी को दोस्रो खेलमा अस्ट्रेलियाले इङ्ल्याण्डलाई ३४ रनले पराजित गरेपछि नेपालको क्वाटरफाइनल निश्चित भएको हो । अस्ट्रेलियाले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्ड ११३ रनमै समेटिएको हो । नेपालले आजै भएको पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा…