काठमाडौँ । क्यानडाको एचपी जागर्सलाई नेपालले अभ्यास खेलमा ६६ रनले हराएको छ । पहिला ब्याटिङ गर्दै नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो । जसमा अजयविर सिंहले ५५, नदिम मजिरले २९ र अनुप चिमाले १९ रन बनाएका थिए । नेपालका स्पिनर ललितनारायण राजवंशीले ४, सन्दीप लामिछाने ३, करण…