काठमाडौँ। त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा आज नेपालले नामिबियासँग खेल्दै छ । शृङ्खलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११:३० बजेदेखि सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने टी-२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग-२ को खेलका लागि सहभागी टिमसँग शृङ्खला आयोजना गरेको हो ।…