काठमाडौं। त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पहिलो सफलता पाएको छ। २.१ ओभरमा करण केसीलाई नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले ४ रन बनाएका म्याक्स ओडाउडलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए । ओडाउड आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १५ रन छ।