हेटौंडा । मछिन्द्र फुटबल क्बल मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा सोमबार भएको पहिलो सेमीफाइनल खेलमा न्युरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो । मछिन्द्रको जीतमा हिसुव थपलिया र विदेशी खेलाडी स्टेफेन समीरले दुई–दुई तथा…