काठमाडौं। म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा कोपनहेगनविरुद्ध ३-१ को जित निकालेको छ। डिफेन्डिङ च्याम्पियन सिटीले एफसी कोपनहेगनलाई राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा ३-१ गोल अन्तरले पराजित गरेको हो। एफसी कोपनहेगनको मैदानमा केभिन डी ब्रुएनले गोल गर्दै १० औँ मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए। उनले फिल फोडेनको पासमा गोल गरेका थिए। ३४ औँ मिनेटमा मग्नुस म्याटसनले…