घरेलु टोली नेपालका ओपनर अनिल साहले क्यानडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले जितका लागि दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर साहले शतक प्रहार गरेका हुन् । सो क्रममा उनले ११ चौका र १ छक्का प्रहार गरे । खेलको दोस्रो ओभरमा अनिलले क्यानडाका…