बिर्तामोड । झापाको बिर्तामोडमा जारी पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ। बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा आइतबार भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो। भोलि प्रतियोगिताको फाइनल हुनेछ । आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङका अनुसार खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन…