हेटौंडा। सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता-२०८० को उपाधिका लागि सशस्त्र प्रहरी (एपीएफ) र न्यूरोड टीम (एनआरटी) खेल्ने भएका छन्। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा-६, गौरीटारस्थित मैदानमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। फाइनल पुगेका दुवै टिम अब…