अफ्रिकन कपमा नामिबियाले ट्युनिसियामाथि ऐतिहासिक जित हासिल गरेको छ । गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा नामिबियाले पूर्वच्याम्पियन समेत रहेको ट्युनिसियालाई १-० गोल अन्तरले पराजित गरेको हो । यो नामिबियाको अफ्रिका कप अफ नेसन्समा अहिलेसम्मकै पहिलो जित हो । यस खेलमा कहल्को ८८औ मिनेटमा डेओन काभेन्डजीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।…