कीर्तिपुर । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले जित हासिल गरेसँगै सुपर सिक्समा स्थान पक्का गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा बङ्गलादेशले लगातार तीन जित हासिल गरेसँगै सुपर सिक्समा प्रवेश गरेको हो । आज सम्पन्न तेस्रो खेलमा बङ्गलादेशले नामिबियालाई ८० रनले पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको…