नवौं राष्ट्रिय खेलकुदको प्रदेश १ स्तरीय छनोट अन्तरगत महिला फुटबलको उपाधि झापाले रक्षा गरेको छ । इटहरी रंगशालामा आइतबार भएको फाइनलमा धनकुटालाई १–० गोल अन्तरले हराउँदै झापाले उपाधि जितेको हो ।झापाको जितमा लक्ष्मी श्रेष्ठले निर्णायक गोल गरिन् । लक्ष्मीले ४८ औं मिनेटमा गोल गरेकी थिइन् । उनको एक मात्र गोल जितको लागि निर्णायक बन्यो । …