नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पेर्सिक केडेरीले जित निकालेको छ । आइतबार राति इन्डोनेसियामा भएको पिअला प्रेसिडेन्ट कपमा पेर्सिकले पेर्सिकावो १९७२ लाई १-० अन्तरले पराजित गरेको हो । पेर्सिकको जितमा जोअनडेर्सनले ५०औं मिनेटमा निर्णायक गोल गरे । २६ वर्षिय ब्राजिलियन खेलाडीको गोल निर्णायक बन्दा रोहित भने ४६औं मिनेटमा मैदान प्रवेश गरेका थिए । …