दश खेलाडीमा सिमित इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ। हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक/एक गोल गरे। खेलको ८२औं मिनेटमा इंग्ल्यान्डका जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए। जितसँगै हंगेरी समूह ए ३ मा ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको…