नयाँ स्मार्टफोन लिँदा हामी फोनको लुक, क्यामेरा र प्रोसेसरका साथै यसको ब्याट्रीमा समेत विशेष ध्यान दिन्छौं। यो गर्न पनि आवश्यक छ, किनकी जब फोनमा ब्याट्री हुँदैन, तब यसमा भएका सबै थोक अर्थहीन हुन्छन् । सबभन्दा महँगो फोनमा पनि ब्याट्री भएन भने त्यो केही काम लाग्दैन । आजकल स्मार्टफोन कम्पनीहरू तथा ब्रान्डहरुले ठूला ब्याट्रीहरूको साथ द्रुत चार्ज…