काठमाडौँ । सर्वसाधारणका लागि बिहीबारदेखि धरहरा चढ्न खुला गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले पहिलो दिन नै एक हजार दुई सय जनाले धरहरा चढेको बताए । उनका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रूपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो…