बोगोटा । कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा सात जना सैनिकको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । सेनाका अनुसार उक्त आक्रमण नेशनल लिबरेसन आर्मी (ईएलएन) ले ड्रोन प्रयोग गरी गरेको हो । सेनाले यसलाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै यसले सर्वसाधारणको ज्यान जोखिममा पार्नुका…