संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम घोषणा गरेको छ। यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ। दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटरमार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन्। घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला हुन् भने मोहम्मद अल–मुल्ला पुरुष हुन्। सन् १९९३ मा जन्मिएकी अल–माट्रोसी अबुधाबीस्थित…