विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ । सरकारी अधिकारीहरूले कोरोनाकै कारण मङ्गलबार बिहान उनीहरूकाे निधन भएको पुष्टि गरेका छन् ।उनीहरुका अनुसार यातायात तथा सार्वजनिक सेवा मन्त्री सिदिक मिया र स्थानीय सरकार मन्त्री लिङ्सन बेरेकान्यामको कोरोनाका कारण मृत्यु भएको हो । मृत्यु भएका दुवै मन्त्रीलाई अघिल्लो हप्ता कोरोनाभाइरस सङ्क्रमण भएको…