हरारे,जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित हुनु भएको थियो ।उहाँले करिब चार दशक देशमा शासन गर्नु भएको थियो । केही समयदेखि बिरामी अवस्थामा रहनु भएका उहाँको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । उहाँका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत पुष्टि…