झेजियांग (चीन) । यस वर्ष आएको बावी आँधी चीनको नजिक आउँदा पूर्वी चीनको तटीय प्रान्त झेजियांगले बुधबार टाइफुन आपतकालीन चेतावनी जारी गरेको छ । प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले तटीय इलाकाहरू र सम्बन्धित अधिकारीहरूलाई आँधीको फैलावटकोे नजिकबाट निगरानी गर्न र प्रमुख जहाजहरूका लागि आश्रयको व्यवस्था गर्न, बन्दरगाहहरूमा माछा मार्ने डुङ्गाहरू सुरक्षित गर्न, समुद्री…