बैङ्कक । थाइल्याण्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले कम्बोडियाका पूर्व नेता हुन सेनसँग भएको टेलिफोन वार्ता सार्वजनिक भएपछि बिहीबार माफी मागेकी छन् । टेलिफोन वार्ताप्रति असहमति जनाउँदै उनको मुख्य गठबन्धन साझेदारले राजीनामा दिएको छ । यसले उनलाई राजीनामा दिन वा मध्यावधि निर्वाचन गर्न दबाब परेको छ । उनले कम्बोडियाली वरिष्ठ नेता नेता हुन सेनलाई ‘अङ्कल’ भनेर सम्बोधन…