काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझदेखि तमिलनाडुस्थित कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ध्यान सुरु गरेका छन् । दुई महिनादेखि लोकसभा निर्वाचन अभियानको अगुवाई गरेका मोदीले अन्तिम मतदान अघि ध्यान गरेका छन् । नजिकैको तिरुवनन्तपुरमबाट हेलिकप्टर चढेर रक मेमोरियल पुगेका मोदी भगवती अम्मान मन्दिरमा पूजा गरेपछि ध्यानमा बसेका थिए । उनी भोलि जुन १…