सङ्कटग्रस्त श्रीलङ्काको मुद्रास्फीति अगस्टमा ४.० प्रतिशतमा झरेको छ । यो गत वर्षको अकल्पनीय आर्थिक सङ्कटपछिको सबैभन्दा कम भएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । गत सेप्टेम्बरमा ६९.८ प्रतिशत रहेको मुद्रास्फीति दर जुलाईमा ६.३ प्रतिशत भएको र अगस्टमा आइपुग्दा ४.० प्रतिशतमा झरेको हो । श्रीलङ्काको केन्द्रीय बैंकले यो आँकडाले आफ्नो देशको मुद्रास्फीतिको घट्दो प्रवृत्तिलाई निरन्तरता दिने अपेक्षा…