विश्वमै पहिलोपटक अष्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा जीवित किरा भेटिएको छ । वैज्ञानिकहरूका अनुसार ती महिलाको मस्तिष्कमा ८ सेन्टिमिटरको जीवितै किरा भेटिएको हो । गत वर्ष क्यानबेरामा गरिएको शल्यक्रियामा बेलायतमा जन्मेका बिरामीको टाउकाको अगाडिको भाग (फ्रन्टल लोब)मा रहेको तन्तुबाट धागो (स्ट्रिङ) जस्तो किरा निकालिएको थियो । त्यो रातो परजीवी त्यहाँ दुई महिनासम्म रहन सक्छ । जनावरबाट मानिसमा…