इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा द्वन्द्वरत पक्षहरू “शत्रुताको स्थायी अन्त्य“ का लागि सहमत भएका छन् । दक्षिण अफ्रिकामा औपचारिक शान्ति वार्ता सुरु भएको एक हप्ता भन्दा बढी समयपछि द्वन्द्वरत पक्षहरू स्थाथी शान्तिका लागि सहमत भएको अफ्रिकी संघका एक मध्यस्थकर्ताले बताएका छन् । इथियोपियाको सरकार र टिग्रियाली अधिकारीहरूले व्यवस्थापन, सहज र समन्वयात्मक निशस्त्रीकरण साथै कानुन र व्यवस्थाको पुनस्र्थापनामा…