बेइजिङ । मध्य चीनको हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन् । सोमबार दिउँसो भएको उक्त घटनापछि पनि जोखिम कायम रहेकाले उद्धार तथा अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोट चाङ्सा सहरअन्तर्गतको औद्योगिक…