पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ। राजधानी इस्लामावाददेखि उत्तरीक्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो। हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन्। मृत्यु हुनेमा एक प्रहरी, उनकी श्रीमती र उनीहरुका ६ सन्तान तथा अर्काे पाँच जनाको परिवारसमेत छन्। हिउँका कारण अवरुद्ध…