काठमाडौं महानगरको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित

काठमाडौं महानगरको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ ।

शुक्रबारको नगर सभा बैठकमा महानगरपालिकाका मेयर बालेन्द्र साहले निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम संशोधनसहित पास भएको हो । २६ असारबाट सुरु भएको बजेटमाथिको छलफल सकाएर पारित गरिएकाे हो । 

गत १० असारको नगर सभा बैठकमा उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको घोषणा गरेकी थिइन् । जसमा चालूतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ ।

Skip This
Skip This
Logo