काठमाडौं । स्काईवेल ब्रान्डका विद्युतीय सवारीसाधनहरूको आधिकारिक वितरक जी मोटर्स प्रालिले नयाँ अफर योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘स्काईवेल एक्सचेन्ज अफर: अपग्रेड टु स्काईवेल-ड्राइभ लक्जरी ईभी एसयुभी’ योजना अन्तर्गत २० प्रतिशत डाउनपेमेन्टमा फाइनान्स सुविधासहितको अफर ल्याएको हो ।
प्री-बजेट अफरको रुपमा कम्पनीले बजेटले मूल्यवृद्दि हुनु अगावै लक्जरी, प्रिमियम ईभी र रियल एसयुभीमा अपग्रेड हुने सुनौलो मौकाको रुपमा कम्पनीको नक्साल काठमाडौं, राधेराधे भक्तपुर, ईटहरी सुनसरी, बिराटनगर, पोखरा र चितवनका सबै शोरुममा अफर प्राप्त हुने जनाएको छ ।
साथै उक्त अवसरमा हरेक स्काईवेल खरिदमा एक कपल्सले युरोप टुर प्राप्त गर्नुका साथै स्पेशल छुट र एक्सचेन्ज अफरमा विशेष बोनससमेत प्राप्त गर्नेछन् । लोन सुविधाका लागी २० प्रतिशत डाउनपेमेन्ट दिएर फाईनान्स पनी सुविधा रहेको प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । एक्सचेन्ज अफर ५ जेठ सम्म चल्नेछ ।
हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि५ ६२० किमि प्रिमियम विद्युतीय एसयुभी बिक्री-बितरण भइसकेका छन् भने आजबाट शुरु भएको अफरमा ७ वटा बुकिङ रहेको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एसयुभी बिक्रीका लागी उपलब्ध रहेका छन् ।
नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काईवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भू-भागमा सहजै यात्रा गर्न सक्नेछन् ।
६५ भन्दा बढी देशहरूमा बिक्री भइरहेको स्काईवेल ब्रान्डका विद्युतीय सवारीसाधनहरू नेपालका अलवा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्डमा बिक्री भइरहेको छ ।































प्रतिक्रिया