काठमाडौं । विश्वको अग्रणी सवारीसाधन निर्माता कम्पनी स्टेलान्टिसले काठमाडौंको उत्तरढोकामा मल्टी–ब्रान्ड ईभी शोरुम सञ्चालनमा ल्याएको छ ।
गोल्छा अर्गनाइजेसन अन्तर्गतको सहायक कम्पनी सांग्रिला मोटर्स प्रालिले शुक्रबार एक कार्यक्रमका बीच सिट्रोन, लिपमोटर र प्युजो एउटै छानामुनि रहने गरी शोरुम खोलेको हो । नयाँ डिलरशिपको औपचारिक उदघाटन स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र सांग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले गरेका थिए ।
उदघाटन समारोहमा स्टेलान्टिस इन्डियाका प्रबन्धक निर्देशक शैलेश हजेलाले यो नयाँ शोरुममार्फत स्टेलान्टिसले आगामी युगका विद्युतीय सवारीसाधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्रान्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने बताए ।
यस्तै, सांग्रिला मोटर्सका प्रबन्धक निर्देशक गोल्छाले यो शोरुम सिट्रोन, लिपमोटर र प्युजो एकै स्थानमा उपलब्ध गराएर नेपाली ग्राहकहरूका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।































प्रतिक्रिया