विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीको के२के यात्रा सुरु हुँदै

विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीको के२के यात्रा सुरु हुँदै

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले विश्व वातावरण दिवस २०२५ को अवसरमा टाटा कर्भ ईभीमा काठमाडौँदेखि कन्याकुमारीसम्मको ऐतिहासिक विद्युतीय यात्राको घोषणा गरेको छ।

“के२के ड्राइभ” नाम दिइएको यो अभियान आजदेखि सुरु हुने र यसले विद्युतीय गाडीमा लामो दूरीको यात्रालाई प्रोत्साहन गर्ने कम्पनीको विश्‍वास छ।

कम्पनीका अनुसार यस यात्रामा चर्चित अटो उत्साहीहरू अवशिष प्रसाद ओझा र विजय राम कासजू सहभागी हुँदै छन्। जसले करिब ३०००+ किलोमिटर दूरी तय गर्दै काठमाडौँदेखि भारतको दक्षिणी छेउ कन्याकुमारीसम्मको बाटो विद्युतीय रूपमा पार गर्नेछन्।

कर्भ ईभीमा भारतको कन्याकुमारीतर्फ लाग्नुअघि अवाशिष ओझाले बाटोका हिसाबले र दक्षिण भारत ठाउँका हिसाबले अनौठो नभए पनि विद्युतीय कारमा पहिलोपटक जान लागेकाले केही फरक अनुभव हुने बताए। “मेरो दक्षिण भारतको यात्रा नयाँ भने होइन। तर इलेक्ट्रिक कारले यात्रा गर्दा कस्तो अनुभव हुने हो, चार्जिङ सुविधाको उपलब्धताले यात्रालाई रोमाञ्चक र केही चुनौतीपूर्ण बनाउन सक्छ,” उनले भने, “हामी यसका लागि धेरै उत्साहित छौं। कर्भ ईभीले हाम्रो यात्रालाई अझ बढी रोमाञ्चक बनाउने छ।”

कर्भ ईभीको १८६ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले यात्रामा कुनै ठूलो समस्या आउने देखिँदैन। नेपालमा हालै लन्च भएको टाटा कर्भ ईभी एक अत्याधुनिक इलेक्ट्रिक एसयूभी-कुपे हो। यसमा लेभल–२ एडीएएस, प्यानोरामिक सनरुफ, भी२एल टेक्नोलोजी लगायत उच्चस्तरीय सुरक्षा र सुविधा छन्।

विश्व वातावारण दिवसको अवसरमा बिहीबार सिप्रदीले कर्भ ईभीमा कन्याकुमारी जान लागेका ओझा र कसजुलाई थापाथलीमा रहेको टाटा कार शोरुमबाट ‘फ्ल्याग अफ’ गरी विदाइ गरेको हो।

टाटा मोटर्सको प्यासेन्जर भेहिकल विजनेस युनिटका एचओडी शावन्त जंग सिजापतिले वातावरणको संरक्षण र दिगो भविष्यतर्फको टाटा मोटर्सको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने प्रयास स्वरूप वातावरण दिवसको अवसरमा विशेष अभियान सुरु गरेका बताए ।

टाटा कर्भ इभीमा ५५ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले नेपालमा औसत ३७० किमीको रेंज दिन्छ । भारतका विभिन्न इलाकाहरूमा भने प्रयोगकर्ताहरूले ४७० किमीसम्मको रेंज पाएको पनि उल्लेख गरिएको कम्पनीले जनाएको छ ।

टाटा एक विश्वसनीय ब्राण्ड भएकाले ईभिको बजारमा प्रवेशपछिको यसको गति, नेटवर्क विस्तार, र उत्पादनको गुणस्तरले उसलाई अरू ब्राण्डभन्दा उपभोक्ताको रोजाईमा पर्ने गरेको छ ।

Logo