टाटाको विद्युतीय एसयूभी ह्यारियरद्वारा भारतको ब्यास नदी सफलतापूर्वक पार

टाटाको विद्युतीय एसयूभी ह्यारियरद्वारा भारतको ब्यास नदी सफलतापूर्वक पार

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । टाटाले हालै लन्च गरेको नयाँ विद्युतीय एसयूभी ह्यारियरले अर्को कठिन परीक्षण सफलतापूर्वक पार गरेको छ । केही समयअघि केरलाको पहाड चढेर चर्चामा आएको ह्यारियरले यसपटक हिमाञ्चल प्रदेशको ब्यास नदी सफलतापूर्वक पार गरेको हो । उक्त चुनौती पार गर्नु ह्यारियर ईभीका लागि ठूलो सफलता रहेको टाटा मोटर्सले जनाएको छ ।

टाटा मोटर्सले यस चुनौतीका लागि रेड बुलसँग सहकार्य गरेको थियो । सो परिक्षणका लागि पोङ बाँध परियोजनाबाट तलतिर नदीको फराकिलो भाग छनोट गरिएको थियो र मार्गलाई तीन खण्डमा विभाजन गरिएको थियो ।

पहिलो चरणमा, ह्यारियर ईभीले गहिरो ब्याकवाटर भएको खण्डमा प्रवेश गर्नु अघि चट्टानी नदीको किनारसँग टकराव गर्नुपरेको थियो। कारलाई रेड बुल याली चालक अब्दो फेघालीले चलाएका थिए ।

चुनौतीको लागि ह्यारियर ईभीको क्यूडब्लुडी डुअल–मोटर अल–ह्विल ड्राइभ भेरिएन्ट प्रयोग गरिएको थियो। यसमा २३५ बीएचपी रियर–माउन्ट गरिएको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर र अगाडिको एक्सललाई पावर दिने १५६–१६५ बीएचपी इन्डक्सन मोटर जडान गरिएको छ ।

७५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको ह्यारियर ईभीले ६२७ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।

Logo